विजयपुर । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी जिल्ला क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका हर्कराज राईले अग्रता लिएका छन् ।

हालसम्म कुल ११ हजार ७८५ मत गणना हुँदा राईले ४ हजार ८३६ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ३ हजार ४२६ मतसहित पछ्याइरहेकी छन् । नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज) ले १ हजार ०८५ मत, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ७२८ मत र नेकपा एमालेका टिकाराम लिम्बूले ५९१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव श्रेष्ठले ३१३ मत प्राप्त गरेका छन् । मतगणनामा ५५९ मत बदर भएका छन् भने सदर मत ११ हजार २२६ रहेको छ ।