काठमाडौँ।नेपाल गुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ।
यही जेठ १६ गते हुने एकदिने उक्त प्रतियोगिताको खेल नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिएका छन्।प्रतियोगितामा सिनियर र जुनियर गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला÷पुरुषमा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
यसैगरी सिनियर महिलातर्फ ४८ केजी, ५२ केजी, ६३ केजी र ६३ केजी माथि तौल समूहमा भिडन्त हुनेछ भने सिनियर पुरुषतर्फ ६० केजी, ६६ केजी ७३ केजी, ८१ केजी तथा ८१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
करिब २२० जना खेलाडीले भाग लिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेश र त्रिभुवन आर्मी क्लब, ससस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब गरी तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
हरेक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः रु तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्राप्त गर्नेछन्। कुराँस एक प्रकारको मार्सल आर्टअन्तर्गतको खेल हो। यसमा दुई खेलाडीहरू विशेष कपडाबाट बनेको ड्रेस ९ज्याकेट० लगाएर एक अर्कालाई समातेर ढाड टेकाएर फाल्ने प्रयास गर्छन।