Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • राष्ट्रिय नाटक महोत्सव’मा छ वटा नाटक मञ्चन गरिँदै

राष्ट्रिय नाटक महोत्सव’मा छ वटा नाटक मञ्चन गरिँदै

alt
  • भदौ ३१, २०८१
  • ब्लाष्ट खबर

वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए। मञ्चन भोलीसम्म जारी रहने छ ।

वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएको स्मरण गरे। उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताए। उनले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुपर्छ भने। प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हँुदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए। महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ। विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ।
सम्बन्धित समाचार
सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय पुग्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ...

धरानको जिरोपोइन्ट क्षेत्र दुर्घटनाको हटस्पट: दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण

धरान । धरान–धनकुटा कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १३ स्थ ...

औषधि ऐन संशोधन नभए पुनः आन्दोलनको चेतावनी

विराटनगर । औषधि ऐन, २०३५ मा रहेका विभेदकारी प्रावधानहरू तत्काल संशोधन नभए प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय पुग्यो
धरानको जिरोपोइन्ट क्षेत्र दुर्घटनाको हटस्पट: दुर्घटना न्यूनीकरणका लागि ध्यानाकर्षण
औषधि ऐन संशोधन नभए पुनः आन्दोलनको चेतावनी
पानी व्यवस्थापनमा जुट्दै धरानका कार्यवाहक नगर प्रमुख
धरानमा ‘सातौँ मिस्टर कोशी’ प्रतियोगिता हुने
एसियन हाइवेको निराशाजनक प्रगति
आजको राशिफलः २०८२ साल माघ १५ गते बिहीबार
झापा–३ को चुनावी चर्चाः लिङ्देनले ‘ह्याट्रिक’ गर्लान् त ?
ओखलढुङ्गामा वृद्ध दम्पतीको शृङ्खलाबद्ध हत्या
सचिवको अधिकार खोस्दै कर्मचारी सरुवामा हस्तक्षेप
स्पष्टीकरण नदिए सशक्त कारबाही गरियोस्
आजको राशिफलः २०८२ साल माघ १४ गते बुधबार
चेस पजल सोल्भिङमा २१ जनाको होड
कोशीका मुख्यमन्त्रीदेखि पूर्व सञ्चारमन्त्रीसम्मलाई आयोगको स्पष्टीकरण
रेवाहाङ स्मृति बास्केटबलको उपाधि मेघा हिमालयन कलेजलाई
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved