Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध

हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध

alt
  • भदौ ७, २०८१
  • ब्लाष्ट खबर

राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ।

आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए।

उनले हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन समितिलाई पत्राचार गरेको बताए।

“भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ”।

पत्रमा भनिएको छ, “भ्रष्टाचारजन्य कार्य जुनसुकै अवधिमा गरेको भए पनि त्यो गम्भीर अपराध भएको र त्यस्तो विषयमा हद म्याद कै कारणले भ्रष्टाचारजन्य कसुर गर्नेले उन्मुक्ति पाउने सम्भावना बढ्नुका साथै सुशासन र मानव अधिकारको उपभोगमा बाधा उत्पन्न हुन जान्छ, अतः भ्रष्टाचार गर्ने व्यक्तिलाई हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन आयोग समितिलाई अनुरोध गर्दछ ।”
सम्बन्धित समाचार
झापा–५ निर्वाचनः पुस्तौँदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी

दमक । झापाको दमक नगरपालिका वडा नंं.३ स्थित टुकुरे बस्तीअगाडि १८ तले ‘गगनचुम ...

राजस्व छलीका कपडासहित ट्रक नियन्त्रण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ ...

सामसङको टिभीमा नयाँ अफर

धरान । सामसङ नेपालले विश्वकप फुटबल सिजनका लागि नयाँ अफर सार्वजनिक गरेको छ । ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–५ निर्वाचनः पुस्तौँदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी
राजस्व छलीका कपडासहित ट्रक नियन्त्रण
सामसङको टिभीमा नयाँ अफर
उखु किसानको आशा सुक्न नदेऊ
आजको राशिफलः २०८२ साल माघ २७ गते मङ्गलबार
२६ औँ बूढासुब्बा गोल्डकप: पोखराको लालीगुराँस अन्तिम चारमा
सुनसरी–३ मा चुनावी माहोलः उखु किसानको मुद्दा ओझेलमा
झापामा सिरिन्जमार्फत् हत्याः एनेस्थेसियामा प्रयोग हुने औषधिको प्रयोग
ओपन सेक्रेटः झापा ५ मा यसकारण हार्छन् बालेन साह
आर्थिक अनुशासन कायम गर
आजको राशिफलः २०८२ साल माघ २६ गते सोमबार
सुनचाँदीको मूल्य पुनः वृद्धि
पहाडी जिल्लाका उम्मेदवारहरू तराईमा झरेर मतदाता फकाउँदै
कोशी प्रदेशमा स्वकीयको सुविधा जोगाउन मन्त्रीको दौडधुप
झापामा सिरिन्ज प्रयोग गरी एक वृद्धको हत्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved