श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ २९ गते मङ्गलबार, ११ जुन २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि १७ः४६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्लेषा २३ः५५ बजेसम्म, उप्रान्त  मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। आफ्नै वचनले समस्या निम्त्याउला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको फाइदाका लागि उपयोग भइनेछ । ईष्र्यालु मन भएकाहरूले काममा अवरोध पु¥याउन सक्छन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । कामबाट प्रतिष्ठा पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने काममा साथ दिनेछन्।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नाम, दाम र इनाम मिल्नेछ । महत्वाकाङ्क्षी काम प्रारम्भ होला । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखार आउनेछ। काम पूरा हुनाले समय फुर्सदिलो रहला।