विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।

इटहरी–१७ स्थित शेलिस शेर्पाको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवा खेल्दै गरेको अवस्थाबाट २ लाख ३१ हजार १७० रुपैयाँ र एक बुङ तास बरामद गरिएको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम बि.क., ४७ वर्षीय गौरीशंकर लुईटेल र ४२ वर्षीय महेशलाल धामी तथा इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।