नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवस—जुन ५’ को वातावरण पत्रकारिता पुरस्कार–२०२३ पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत सिंहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने नेफेजले जनाएको छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२३ भरी वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी मूल्या्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेफेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कारका लागि नेफेजले आवेदन दिन आह्वान गरेको थियो । नेफेजद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने उनि ३७औँ पत्रकाररहेका छन् ।यो पुरस्कार नेफेजको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिनेछ।