श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल जेठ  १७ गते बिहीबार, ३० मे २०२४, कालयुक्त संवत्सर। ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि  १२ः०६ बजेसम्म,  उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा ०७ः५० बजेसम्म, शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक काममा प्रवृत्त भइनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । फाइदा हुने काम हातपार्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रकम जोगाउन सकिनेछ । हाँसखेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।