श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ १३ गते आइतबार, २६ मे २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि १८ः२६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मूल १०ः५३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहान स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। अपराह्न स्थिति सामान्य बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। मित्रताको बन्धन कसिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा साथीभाइको सहयोग जुट्नेछ। प्रयत्न गर्दा विस्तारै काम सम्पादन हुनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनको साथले दिन रमाइलो रहनेछ। साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकी सहज हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायबाट लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नु होला। नजिकका साथीभाइ टाढिनेछन्।