श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ७ गते सोमबार, २० मे २०२४, कालयुक्त संवत्सर । वैशाख शुक्ल पक्षको द्वादशी तिथि १६ः१७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा भोलि ०६ः०२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
केही चुनौतीहरू देखिनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि जग बसाउने समय छ । व्यावसायिक कर्मले गति लिनेछ । मिहिनेतले राम्रो नतिजा दिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्लान्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै फाइदा नहुने काममा समय बित्नेछ । आफन्त, साथीभाइ टाढिन सक्छन् । थालेको काम पूरा गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्पादित कामबाट धनलाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।