किरात याक्थुङ चुम्लुङ हङकङले चलचित्र लेखक, कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बा सम्मान गरेको छ ।

आफुले निर्देशन गरेको चलचित्र मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई बुधबार चुम्लुङले विशेष कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरेको हो । 

बुधबार चुम्लुङका अध्यक्ष सम्शेर तुम्बाहाङ्फेको अध्यक्षमा जोर्डन स्थित चुम्लुङ हिम कार्यालयमा सुब्बालाई सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरि सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा चुम्लुङका उपाध्यक्ष श्याम इङ्नाम, महासचिव लक्ष्मी पन्धाक लगायत सदस्यहरुले सुब्बालाई सम्मान प्रकट गरे ।

upendra (1) 2

कवि तथा निर्देशक सुब्बाकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार टंक सुब्बा, व्यवसायी अग्नी लुम्फुङ्वा, नायक हेम अन्छङ्वो, कवि जानु काम्वाङ, नवराज काम्वाङ लगायत अतिथिका रुपमा सहभागी थिए ।

बुधबार विहान सुब्बालाई हङकङ साहित्य साझा श्रृंखलाले पनि सम्मान गरेको थियो ।