चलचित्र ‘मनसरा’का निर्देशक तथा कवि उपेन्द्र सुब्बा हङकङमा सम्मानित भएका छन् ।

मनसराको प्रदर्शनका लागि हङकङ पुगेका उनलाई हङकङ साहित्य साझा श्रृंखलाले सम्मान गरेको हो । उनलाई आयोजकले सम्मानपत्र,  खदा र पुष्पगुच्छाले सम्मान गरेको छ ।

श्रृंखलाका संयोजक रमण गुरुङको सभापतित्व र निर्देशक तथा कवि सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुब्बाले आफ्ना करिब एक दर्जन कविताहरु बाचन गरेका थिए ।

upendra (2)

श्रृंखलाका संरक्षक दाजु गुरुङ र टंक सम्बाहाङ्फे विशेष अतिथि रहेको कार्यक्रममा श्रृंखलाकी सल्लाहकार सुनिता गिरीले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा कवि सुब्बाका कविताहरु कवि शीला घमाल, अरुणा शर्मा, बज्रकुमार राई र बालिका राईले बाचन गरेका थिए । टिबि याक्खाले सञ्चालन गरेको कार्यक्रम श्रृंखलाका संयोजक रमण गुरुङले सबैमा धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।