श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख २० गते बिहीबार, २ मे २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्ण  पक्षको नवमी तिथि भोलि ०२ः१८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र धनिष्ठा भोलि ०२ः१० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः२३ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। माया मारेको कामले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा केही प्रतिफल पाइनेछ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुन सक्छ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अतिथिका रूपमा सत्कारसमेत पाइएला । मनपर्ने भौतिक साधन जोड्ने समय छ । राम्रो काम प्रारम्भ हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइबाट सहयोग जुट्नाले काममा पनि हौसला मिल्नेछ।