प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच आज सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिएका छन्। 

द्विपक्षीय भेटवार्तामा नेपालकातर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायत मन्त्रीहरु उपस्थिति।भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको आमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आएका छन्।