नयाँ वर्ष २०८१ को अवसरमा भोजपुरमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । 

भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट स्थित मकालु हिमालयन एग्रो टुरिजम रिसोर्टद्वारा प्रस्तुत कार्यक्रममा गायिका जुनी खालिङ राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन् ।

त्यस्तै कार्यक्रममा आरोह ब्यान्ड र विभिन्न स्थानीय गायक गायिकाले सांगीतिक प्रस्तुति दिएका थिए ।