श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ३ गते सोमबार, १५ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्ल  पक्षको सप्तमी तिथि १२ः२७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुनर्वशु भोलि ०३ः१८ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः३९ बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेत गर्दा सोचेजस्तै सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायबाट मनग्य धनलाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन् । अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान–सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । सफलताले थप हौसला जगाउनेछ । परिवारजनसँग भेटघाट हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कमजोरीलाई सुधार गर्ने मौका छ । मित्रताको बन्धन कसिलो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेवास्ता गर्नाले पनि दुःख पाइनेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । प्रशस्त धन आर्जन गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् ।