धरान । क्यान्सर रोगबाट पीडित धरान–१९ की कुमारी तामाङलाई नेपाली काङ्ग्रेसले आर्थिक सहयोग गरेको छ ।

उनलाई ४१ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो । स्तन क्यान्सरबाट पीडित हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन् । उनी चिकित्सकको सल्लाहअनुसार निरन्तर फलोअपमा छिन् ।

उपचारमा आर्थिक अभाव भएपछि नेपाली काङ्ग्रेस धरान नगर समिति, प्रदेशसभा समिति, प्रतिनिधिसभा क्षेत्र नम्बर १ सुनसरी तथा नेपाल तरुण दल धरानहरूबाट सङ्कलन गरी उनलाई घरमै पुगेर सहयोग गरिएको हो ।

काङ्ग्रेसका जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १ (१)का सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राईलगायतको उपस्थितिमा घरमै पुगेर सहयोग गरेको छ ।