धनकुटामा रहेर सांगीतिक यात्रा अघि बढाई रहेकी गायिका जुनी खालिङ राई पछिल्लाे समय विभिन्न सांगीतिक कार्यक्रममा गाउन व्यस्त छिन् ।

अहिले गायिका जुनीलाई फागु पर्व अर्थात हाेलीकाे अवसरमा आयाेजीत सांगीतिक कार्यक्रमहरुमा गाउन भ्याईनभ्याई छ । आईतबार मात्र उनले दुई वटा कार्यक्रममा सांगीतिक प्रस्तुति दिईन् । 

आईतबार धनकुटाकाे पाख्रिबास नगरपालिका-३ फाङ्दुवामा आयाेजीत मिनि मेला तथा सांस्कृतिक कार्यक्रममा प्रमुख कलाकारका रुपमा आफ्ना लाेकप्रिय गीतहरु प्रस्तुत गरेर स्राेता तथा दर्शकलाई मन्त्रमुग्ध पारिन् । पञ्चकन्यादेवी सिमसार संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिले फाङ्दुवाली भाषा संस्कृतिकाे विकासका लागि आयाेजना गरेकाे कार्यक्रममा गायिका जुनीसँगै स्थानीय कलाकारहरुकाे प्रस्तुति पनि रहेकाे थियाे ।

आईतबारै बाैद्धिक विकास समाज धनकुटाले बिचबजारमा आयाेजना गरेकाे हाेली फेस्टिभल कार्यक्रममा पनि गायिका जुनीले सांगीतिक प्रस्तुति दिईन । 

 धनकुटाकाे साँगुरीगढी-९ स्थित चाँदीबजारमा आयाेजीत चाँदीबजार सांगीतिक उत्सवमा साेमबार उनकाे विशेष सांगीतिक कार्यक्रम रहेकाे छ । धनकुटामै बसेर सांगीतिक कार्यक्रममा व्यस्त बनिरहँन पाउँदा उत्साहित बनेकाे उनी बताउँछिन् ।