श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत ६ गते मङ्गलबार, १९ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन  शुक्लपक्षको दशमी तिथि भोलि ००ः३६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुनर्वशु २०ः२२ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः०८ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम थालनी गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ। साथीभाइले राम्रै सहयोग गर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम पुनः प्रारम्भ गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सफलताले हौसला जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।करकापमा काम गर्न बाध्य भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । फलदायी यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ । उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला ।