नेता, कार्यकर्ताको चरित्र पनि अचम्मलाग्दो छ । निर्वाचनमा उनीहरु जति सक्रिय हुन्छन् । जनतासँग जति नजिकिन्छ । अन्य बेला भने आफ्नै नेताको वरिपरि हुन्छन् । नेताको वरिपरि भएमा सोहीअनुसारको सुविधा उपभोग गर्न पाउँछन् । यता भोट पाएर विभिन्न लाभको पदमा पुगेको भने चटक्कै भुलिदिन्छन् । यसले आमजनतामा निराशा छाउने गरेको छ । यो चरित्र नेपाली नेताको पुरानै रोगको पुनरावृत्ति हो । नागरिकको आम समस्या बुझ्ने, उनीहरुको आवाजलाई मुखरित गर्नेतर्फ कत्ति पनि ध्यान हुँदैन । यस्तो चरित्रका कारण नै नेपालमा चाँडो–चाँडो नागरिकहरु भोट बदलिरहन्छन् तर, त्यसमा ताŒिवक फरक भने पर्दैन किनकि सबैजसोको चरित्र उस्तै हुन्छ । यो चरित्रलाई सुधार गर्न नसकेकै कारणले नै नेताप्रति जनताको विश्वास उड्दै गएको छ । पार्टीप्रति नागरिकहरु रूष्ट छन् । उनीहरुको काम गराइप्रति पनि सन्तुष्ट छैनन् । यो सबै आमनागरिकको आवाजमा आवाज बन्न नसक्नुको परिणाम हो । यस्ता आम समस्या आजको समस्या होइन । यो विगतदेखिकै समस्या हो । नेताले आफ्नो चरित्रमा परिवर्तन नल्याएसम्म नागरिकमा असन्तुष्टता बढिरहन्छ, त्यसले अन्ततः नेतालाई नै खति पु¥याउँछ र पु¥याइरहेकै छ । 

नेता कस्तो हुनुपर्छ ? यसको आदर्श उत्तर छैन । तर, जनतासँग भिज्ने, जनताको आवाज बोल्ने, जनताको सुख–दुःखमा साथ दिने । जनता जसरी नै काम गर्ने । जनता जहाँ, त्यहाँ नेता । यो आदर्शबाट जनता बढी प्रभावित हुन्छन् । त्यही कारण नै स्वतन्त्र पार्टीबाट आएका जनप्रतिनिधिप्रति जनताको लगाव बढेको हो । नेता, कार्यकर्तामा चाकडी, चाप्लुसी गर्ने प्रवृत्ति हाबी हुँदै गएको छ । शासकीय प्रवृत्तिले उन्मत्त छन् नेता । यो चरित्रले उसैलाई धोका दिइरहेको छ । जनताको आम गुनासो भनेको नै निर्वाचनमा जितेपछि नाकमुख देखाउन आउँदैनन् । जनताका पीडालाई सम्बोधन गर्दैनन् । यो गुनासो आजको गुनासो होइन । प्रजातन्त्रको पुनर्बहालीसँगै भएका विभिन्न निर्वाचनमा सुनिएको साझा गुनासो हो । यसलाई सम्बोधन गर्नेतर्फ खासै पहल भएको पाइँदैन । झापाको कचनकवल गाउँपालिकाबासीको आवाज यसैको दृष्टान्त हो । यस्ता दृष्टान्त हाम्रो गाउँघर, समाजमा धेरै नै देखिने गरेका छन्, सुनिने गरेका छन् । नेताहरुप्रति जनताको अपेक्षा पनि धेरै भएको पाइँदैन । जनताको घरदैलोमा बेला–बेला आएर अन्तरक्रिया गरिदिने र मागलाई सम्बोधन गर्न हरप्रहर लाग्ने खालका नेता कार्यकर्ता चाहेका छन् । निर्धाहरुको आवाजलाई शासकसामु पु¥याउने आवाज खोजेका छन् । तर, अहिले त्यसो हुन सकिरहेको छैन । 

नेताको चरित्र, उनीहरुको चित्र जनताको मानसपटलमा फरक तरिकाले अङ्कित भएको छ । यसलाई मेटाउने कडी खोजेको पाइँदैन । नेताले आफूलाई सुधार गरेको पनि पाइँदैन । यसले नागरिकमा आम वितृष्णा पैदा गरेको छ । यस्ता समस्याको साझा सम्बोधन गर्नका लागि नेताहरुले आफ्नो चरित्रलाई सुधार्नै पर्छ । चरित्रलाई नसुधार्ने हो भने भोलिको भविष्य थप अन्धकार छ । फेरि अर्को कुनै नेताले जनताको मन जित्ने प्रयास गर्नेछ । यो दोहोरी चलिरहन्छ । फेरि पनि जनताका लागि ‘जुन ........आए पनि कानै चिरेका’ भन्ने उखान चरितार्थ हुन्छ । यो हिजोदेखि भइनैरहेको छ । यसको अन्त्य खोज्नु नेताको गुण हो । किनकि लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । जनताले नै लाभको पदमा पु¥याउने र जनताले नै थचार्नेछन् । यसप्रति नेताले आफ्नो चरित्रलाई सुधार गर्नैपर्छ । जनताको आवाजलाई मुखरित गर्नैपर्छ ।