श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १५ गते सोमबार, २९ जनवरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्ण पक्षको चतुर्थी तिथि भोलि ०९ः०८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुर्वफाल्गुनी १९ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर हुनाले काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम मुस्किलले सम्पादन हुनेछ । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिफल हातपार्न केही समय लाग्नेछ । दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्जित द्रव्य भिœयाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । नयाँ काममा जग बसाउने मौका छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।