धरान :

धराने गायक सञ्जीव लामाको गीत ‘सेनोरिटा’को नयाँ भर्सनको भिडियो सार्वजनिक भएको छ ।

हङकङ स्थित एनएचडिडि स्टुडियोका सञ्चालक देवमान लिम्बुको निर्देशनमा नयाँ भर्सनको भिडियो सार्वजनिक भएको हो । भिडियोको छायाँकन पनि निर्देशक लिम्बुले नै गरेका हुन् । भिडियोमा अम्बिका तामाङलाई फिचरिङ गरिएको छ । भिडियो एनएचडिडि स्टुडियो एचकेबाट सार्वजनिक भएको छ ।

गीतको शब्द र संगीत सविन राईको रहेको छ । भने एरेन्ज मनोज मोतेले गरेका हुन् । भिडियोको सम्पादन आदर्श थापा मगर, भिएफएक्स केन्जो राई र कलरिङ तथा क्रियटिभ डाईरेक्सन युबी मगरले गरेका छन् । एनएचडिडि स्टुडियोको १३ औं वार्षिकोत्सवको अवसरमा गायक लामाको यो गीतलाई नयाँ भर्सनमा सार्वजनिक गरिएको  निर्देशक लिम्बुले जानकारी दिएका छन् ।

भिडियो :