चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

चिनियाँ राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिएका छन्। इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सिलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।

“चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट ९एसपीपी० ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ”, सरकारी समाचार समिति सिन्ह्वाले भन्यो, “उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।”

यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनीरूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सीसीपीले उहाँलाई निष्कासन गर्नुका साथै उहाँको अवैध सम्पत्तिसमेत जफत गर्नेछ ।

यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो सङ्ख्यामा डुको नाम पनि समावेश थियो। उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् । उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ ।

गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ ।

सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । चिनियाँ राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिएका छन्। इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सिलाई अनुमति दिने आलोचकहरूले बताएका छन् ।

“चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट ९एसपीपी० ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ”, सरकारी समाचार समिति सिन्ह्वाले भन्यो, “उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो ।”

यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनीरूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो । सीसीपीले उहाँलाई निष्कासन गर्नुका साथै उहाँको अवैध सम्पत्तिसमेत जफत गर्नेछ ।

यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो सङ्ख्यामा डुको नाम पनि समावेश थियो। उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन् । उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ । गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो ।