दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय  राजधानीलाई फिर्ता लिएको थियो। तर दक्षिणी शहर रूसी आक्रमणको निशानामा नै रहेको थियो। 

 रूसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताउनुभएको छ । आक्रमणमा एघार जना गम्भीर घाइते भएको तथा २७ बर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उनले बताएका छन् ।

उनले गरेको पोष्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्ण रूपमा क्षति भएको देखिन्छ ।घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ बर्षीय चिकित्सक भएको र उनलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ ।  आतङ्कवादी रणनीति भनेको रूसले विश्वास गर्ने बिषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहाकार इन्ड्रि एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताएका छन्।