ताप्लेजुङ/ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ। नयाँ बस्ती विस्तार बढदै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । 

जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ। डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९दशमलव छ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो। उक्त कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद साहका अनुसार वन  आवादी जोडिएको सिमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ। 

सन्ताननब्बे हजार छ सय ११दशमलव ३६ हेक्टर वन क्षेत्र रहेकामा १३ हजार १६८दशमलव ९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमापर्छ भने सामुदायिक वनभित्र नौ हजार ७३७ दशमलव ८५ हेक्टर वनक्षेत्रपर्छ । उक्त कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिकाअनुसार फुङलिङ नगरपालिका वडा नम्बर–१० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाका गरी २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिकावडा नम्बर –५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीय तीन हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। मेरिङदेन गाउँपालिका वडा नम्बर—२ स्थित गुराँसे पोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणमा शून्य दशमलव पाँच हेक्टर र मैवाखोलागाउँपालिका वडा नम्बर —४ र ५ को तिनजुरे–मिल्के–जलजले(टिएमजे) क्षेत्रमा भ्यूटावरलगायत संरचना निर्माण तथा स्थानीयवासीद्वारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

 स्थानीय तहमा पसल,व्यवसाय,गोठ आदि कार्यका लागि १०५दशमलव पाँच  हेक्टर र सिदिङ्वा गाउँपालिका वडा नम्बर—१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माण गर्न दुई हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वनकार्यालयले जनाएको छ । वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएकोे त्यहाँका निमित्त प्रमुख साहले बताएका छन्।