विराटनगर ।  संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले  विरोध कार्यक्रम सुरु गरेका हुन् ।

उनीहरुले तीनै तहलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नेपर्ने माग गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले आफूहरुको माग सम्बोधन नभइन्जेलसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् ।

संघीय सरकारबाट समायोजन भएर गएका कर्मचारीको व्यवस्थापन पनि सरकारले गर्न नसकेको उनीहरुको भनाई छ । विरोधमा ७ सय ५३ वटै स्थानीय तहका कर्मचारी सहभागी भएका छन् । उनीहरुले हिजोदेखि आ–आफ्नो स्थानमा पेन डाउन समेत गरेका छन् ।