भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुदाँ  कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

 कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ । 

पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ ।