धरान । धरानमा फागुन २६ गतेदेखि दुई दिवसीय दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ । 

धरान–१३ को साहित्य, कला, संस्कृति प्रतिष्ठानको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा नेपाललगायत भारत र भुटानका साहित्यकारहरु तथा कलाकारहरु सहभागी रहने प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ प्रयासले जानकारी दिए । महोत्सवमा पुस्तक प्रदर्शनी, लोक सांस्कृतिक कार्यक्रम साथै जातीय पहिचान झल्किने कार्यक्रमहरु आयोजना हुँदै छ । 

कार्यक्रममा विदेशका ७ र नेपालका ७ जना गरी १४ जना कवि तथा कलाकारलाई सम्मानित गरिन लागिएको छ । करिब १८ लाख रूपैयाँको लागतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई वडा, धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग पनि आर्थिक सहयोगका लागि सहकार्य गरिन लागिएको छ ।