विजयपुर । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले ७० लाख रुपैयाँ बराबरका व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री उपलब्ध गराउने जनाएको हो।
बाढीपछि सरसफाइको अभावमा विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै साबुन, डिटर्जेन्टलगायत अत्यावश्यक हाइजिन सामग्री प्रभावित परिवारलाई राहतस्वरूप उपलब्ध गराइने कम्पनीले जनाएको छ।
देवनारा ग्रुप–जाजू ग्रुपअन्तर्गतको हिमगिरि हाइजिन लिमिटेड, विराटनगरले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित निकायप्रति सम्मानसमेत व्यक्त गरेको