विजयपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कोशी प्रदेशका १९२ जना अझै सम्पर्कविहीन भएका छन् । जसमध्ये ३१ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका क्रममा पुगेका मानिसहरू सम्पर्कविहीन बनेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरू कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु लगायतका जिल्लाका नागरिक रहेका छन् । उनीहरूमध्ये धेरैजसो रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजना, निर्माण कम्पनी, होटल, ट्रेकिङ तथा पर्यटन व्यवसाय, भन्सार क्षेत्र र अन्य रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए ।


हाइड्रोपावरमा काम गर्नेको संख्या धेरै

बाढीपछि सम्पर्कविहीन भएकामध्ये ठूलो संख्या जलविद्युत आयोजनामा कार्यरत व्यक्तिहरूको रहेको विवरणले देखाएको छ । अपर त्रिशूली, मैलुङ, दोसाङ, दुसन लगायतका जलविद्युत आयोजना तथा निर्माणस्थलमा काम गर्ने कामदार, प्राविधिक, इन्जिनियर, चालक, कुक र सुरक्षाकर्मीसमेत सम्पर्कविहीन सूचीमा छन् ।

झापाबाट मात्रै दीपक खरेल, घनश्याम भट्टराई, भक्तबहादुर राई, चुड्का टुडु, केवलनाथ आचार्य लगायतका व्यक्तिको विवरण छ । उनीहरूमध्ये केही अपर त्रिशूली–१ तथा अन्य जलविद्युत आयोजनामा कार्यरत रहेको उल्लेख छ । झापाकै केही व्यक्ति रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटका आयोजनामा काम गरिरहेका थिए ।

इलामबाट पनि जलविद्युत आयोजनामा काम गर्न तथा गोसाइँकुण्ड भ्रमणका लागि रसुवा पुगेका व्यक्तिहरू सम्पर्कविहीन भएको विवरण छ । इलामका केही व्यक्तिको भने उद्धार भइसकेको तथा एक जनाको मृत्यु भएको विवरणसमेत उल्लेख गरिएको छ ।


झापाका १४ जना

प्रहरीमा प्राप्त विवरणअनुसार झापाबाट १४ जनाको नाम समावेश छ। उनीहरूमध्ये अधिकांश रसुवाका जलविद्युत आयोजना तथा टिमुरे–स्याफ्रुबेसी क्षेत्रमा रोजगारीका लागि पुगेका थिए।

झापाबाट दीपक खरेल (४२), घनश्याम भट्टराई (३८), भक्तबहादुर राई (४०), चुड्का टुडु (५२), केवलनाथ आचार्य (२८), नवीन श्रेष्ठ (२८), लक्ष्मन गुरुङ, राजकुमार दियाली, श्रुती दियाली, श्रीराज दियाली, कुलबहादुर कार्की, राजन आचार्य, रञ्जित कटुवाल र देवलाल मुर्मु सतार (२६) को नाम सूचीमा छ।

दीपक खरेल, भक्तबहादुर राई, चुड्का टुडु र केवलनाथ आचार्य लगायत अपर त्रिशूली–१ जलविद्युत आयोजनासँग सम्बन्धित रहेको विवरणमा उल्लेख छ। घनश्याम भट्टराई टिमुरेस्थित चिनियाँ हाइड्रो प्रोजेक्टमा स्काभेटर अपरेटरका रूपमा कार्यरत रहेको उल्लेख छ। राजकुमार दियाली, श्रुती दियाली र बालक श्रीराज दियाली रसुवाको स्याफ्रुबेसीमा सुन पसल व्यवसायमा रहेको विवरण छ। देवलाल मुर्मु सतार नुवाकोटस्थित अपर त्रिशूली एन्ड्रिज हाइड्रो प्रोजेक्टमा कार्यरत रहेको उल्लेख छ।


इलामका १२ जनाको विवरण

इलामबाट नरेन्द्रप्रसाद दाहाल (७३), लोकबहादुर थापा (३५), लक्ष्मण सिंह ऐर, बुद्धिसागर न्यौपाने (५७), खिनमाया न्यौपाने (५२), विजय राई (२८), रबिन भण्डारी (३८), सपना घले भण्डारी (२९), योगराज भण्डारी (५ महिना), बेनु थेगिम (४०), विनोद राई र दिवानन्द सुवेदी (३५) को विवरण छ।

नरेन्द्रप्रसाद दाहाल र बुद्धिसागर न्यौपाने गोसाइँकुण्ड तीर्थयात्राका लागि गएको उल्लेख छ। विजय राई हाइड्रोपावरमा काम गर्ने र रबिन भण्डारी, सपना घले भण्डारी तथा पाँच महिनाका बालक योगराज भण्डारी घुम्नका लागि रसुवा पुगेका थिए।

बेनु थेगिम काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचाररत रहेको विवरणमा उल्लेख छ। विनोद राई जीवित उद्धार भएको तथा दिवानन्द सुवेदीको मृत्यु भएको विवरणमा उल्लेख गरिएको छ।


पाँचथरबाट एक जना

पाँचथरबाट बबिन लावती (२१) को नाम छ। उनी नुवाकोटको बेत्रावतीस्थित साइट अफिसमा खाना पकाउने काम गर्ने गरेको विवरणमा उल्लेख छ।


ताप्लेजुङका पाँचमध्ये तीन सम्पर्कमा

ताप्लेजुङबाट भिष्म चापागाईं (३३), दुर्गा भट्टराई (४०), पासाङ शेर्पा (२३), ङिमा साँगे शेर्पा (२४) र पासाङ तेन्जी शेर्पा (२१) को नाम छ। भिष्म चापागाईं त्रिशूली घ्याङ्फेदी हाइड्रोपावर, नुवाकोटमा कार्यरत रहेको तथा दुर्गा भट्टराई ट्राभल एन्ड टुर्समार्फत मानसरोवर तीर्थयात्रीलाई लिएर गाइडका रूपमा गएको उल्लेख छ। पासाङ शेर्पा, ङिमा साँगे शेर्पा र पासाङ तेन्जी शेर्पा भने सम्पर्कमा आएको विवरणमा उल्लेख छ।


मोरङका १९ जना

मोरङबाट शिवशंकर गुप्ता (६०), रामभक्त नेवार (३६), सुरजकुमार मण्डल (३५), मेघा लिम्बु (३०), सोना लिम्बु (२८), देवीमाया तामाङ (६०), पासाङ तामाङ (४), पूजा आचार्य नेपाल (२५), सिवान्स आचार्य (३), रिचा निरौला (२४), सचिन गौतम (२५), दुर्गाप्रसाद पोखरेल, सूर्यबहादुर कार्की (४५), भोजराज अधिकारी (४३), अनोज धमला (२५), देवीकुमारी गुरुङ (४५) र जीवन रेग्मी लगायतको विवरण छ। उनीहरूमध्ये कोही रसुवाका जलविद्युत आयोजनामा इन्जिनियर तथा कर्मचारीका रूपमा, कोही होटल व्यवसाय, गाइड, ट्रक चालक, ल्याब टेक्निसियन तथा अन्य काममा संलग्न रहेको विवरणमा उल्लेख छ।


सुनसरीका २१ जना

सुनसरीबाट सचिन गौतम (२६), मुकेश नेपाल (३६), धिरज साह (३४), श्यामनारायण साह (३६), मिना बजगाईं (३२), मणिकरण राई (३५), प्रभाकर दंगाल (२७), पुष्पराज भट्टराई (४६), दिनेशकुमार चौधरी (४८), भुवनबहादुर श्रेष्ठ (४५), रुबिनाकुमारी थामी (२२), अम्बरकाजी खड्का (६२), मनकुमारी खड्का (६१), मोहन माझी (५०), आशिष उराव (२९), संजीव उराव, नवराज ढकाल (१९), देवानन्द यादव, जीवन सिंह (१९), संजित नारायण सिंह र छविकेशर काफ्लेको नाम छ। उनीहरू अपर त्रिशूली हाइड्रोपावर, रसुवा भन्सार कार्यालय निर्माण, होटल, ट्रक चालक, हाइड्रोपावर तथा अन्य कामका लागि रसुवा पुगेका थिए। यस सूचीमा नवराज ढकाल, देवानन्द यादव, जीवन सिंह, संजित नारायण सिंह र छविकेशर काफ्ले सम्पर्कमा आएको उल्लेख छ।


धनकुटाका दुई जना

धनकुटाबाट विपन घिसिङ (२७) र रोवी राई (३४) को विवरण छ। विपन घिसिङ स्कार्पियो गाडी लिएर रसुवागढीतर्फ गएको र रोवी राई जलविद्युत आयोजनामा कार्यरत रहेको उल्लेख छ।


संखुवासभाका तीन जना

संखुवासभाबाट ईश्वरीप्रसाद दाहाल (४०), राधा थापा मगर (२९) र आरुष ठाडा मगर (५) को नाम छ। ईश्वरीप्रसाद दाहाल रसुवाको हाइड्रोपावरमा कार्यरत रहेको तथा राधा थापा मगर नुवाकोटको बेत्रावती बजारमा कोठा भाडामा लिएर बसेको विवरण छ।


भोजपुरका तीन जना

भोजपुरबाट गोबिन्द राई (५९), गोपि राई (६६) र निम लाक्पा शेर्पा (४७) को नाम सूचीमा छ। उनीहरू रसुवाका जलविद्युत आयोजना तथा निर्माण कम्पनीमा काम गरेको विवरणमा उल्लेख छ।


उदयपुरका २१ जना

उदयपुरबाट भेषराज माझी (१८), मिलन माझी (२०), चन्द्रबहादुर माझी (३२), बुद्धिमान नेपाली (२०), सुमन समीर राई (२४), देबेन्द्र घिमिरे (४२), धुर्व बस्नेत (४०), अरूण मगर (३१), बालकुमार राई (१७), करण विक (१७), मोहनबहादुर सार्की (४०), ओमकुमार सार्की (४८), लोकबहादुर विक (५०), प्रबिन राई (२१), गोपी राई (६६), चक्रबहादुर तामाङ (२६), भोलाराज कार्की (२५), सुमन तामाङ (२७), जीवन तामाङ (२९), प्रेम रोक्का (४४) र अनिल कामी (२२) को विवरण छ। उनीहरूमध्ये अधिकांश रसुवाको टिमुरे तथा जलविद्युत आयोजनामा मजदुरी, चालक, सुरक्षाकर्मी तथा अन्य काममा रहेको विवरण छ। भोलाराज कार्की, सुमन तामाङ, जीवन तामाङ, प्रेम रोक्का र अनिल कामी सम्पर्कमा आएको विवरणमा उल्लेख छ।


ओखलढुंगाका ३८ जना

ओखलढुंगाबाट गेली शेर्पा (३२), छोटी शेर्पा (५०), सोनाम टासी शेर्पा (५२), संगम श्रेष्ठ (४०), देबराज सुनुवार (३६), मिलन बेडारी (४२), पेम्जाङबु शेर्पा (३०), मेचनकुमार मगर (३३), खेमबहादुर राउत (२६), सुभद्रा न्यौपाने (२८), दिनेश राई (३०), कुलबहादुर थापामगर (५६), सुमन दाहाल (२१), रमेश भन्ने प्रेम पौडेल (४८), खिलबहादुर बुढाथोकी (४२), लप्साङ शेर्पा (४५), मोनि दाहाल (२८), तेन्जी शेर्पा (३२), लोकबहादुर मगर (४२), मिनबहादुर भुजेल (४१), छिरीङ शेर्पा (३७), मिनबहादुर भुजेल र छिरीङ शेर्पासँग रहेका एक वर्षका छोरा, विशाल तामाङ (५३), बुद्ध तामाङ (१८), रामबहादुर गुरुङ (६८), गणेशबहादुर पहरी (३९), संजीव तामाङ (३५), प्रकाश राई (२६), अबिस्वर सुनुवार, माया शेर्पा (३२), काँडी शेर्पा (३५), छेवाङ शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, प्रज्वल बस्नेत, याङ्जु शेर्पा, फुर्बा शेर्पा र कान्छीमाया शेर्पाको विवरण छ।

उनीहरूमध्ये धेरै जना ट्रेकिङ गाइड, चालक, जलविद्युत आयोजना, होटल, बैंक तथा अन्य रोजगारीका लागि रसुवा पुगेका थिए। गणेशबहादुर पहरी, संजीव तामाङ र प्रकाश राईको विवरणमा उद्धार भएको उल्लेख छ। अबिस्वर सुनुवार, माया शेर्पा, काँडी शेर्पा, छेवाङ शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, प्रज्वल बस्नेत, याङ्जु शेर्पा, फुर्बा शेर्पा र कान्छीमाया शेर्पालगायत सम्पर्कमा आएको उल्लेख छ।


खोटाङका ११ जना

खोटाङबाट पवन खत्री दाहाल (३२), बालकुमार तामाङ (४१), सुर्जबहादुर परियार (२७), कबिन राई (४३), युवराज राई (५३), यसबहादुर राई (३३), बिपन विक (२५), प्रज्ञान राई (३०), रुपेश परियार (२३), सुरज परियार (२२) र तारानाथ थापा (६०) को नाम छ।

उनीहरूमध्ये कोही रसुवाको मैलुङ आर्मी पोस्टमा, कोही ट्रेकिङ गाइड तथा चालकका रूपमा, कोही हाइड्रोपावर र सुरुङमार्गमा काम गरेको विवरण छ। तारानाथ थापा भने सम्पर्कमा आएको उल्लेख छ।


सोलुखुम्बुका ४५ जनाको विवरण

सोलुखुम्बुबाट सबैभन्दा ठूलो संख्यामा नागरिकको विवरण समावेश छ। सूचीमा दिलबहादुर भुजेल ‘अर्जुन’ (४४), ङिमा शेर्पा, साङ्गे शेर्पा (४३), सोना शेर्पा, बाबुराम खत्री, भुपाल बुर्ज मगर, धनबहादुर तामाङ (४६), सुरेश मगर (३५), अनिस मगर (३१), पासाङ काजी तामाङ (४५), दोर्जी तामाङ (४३), रोजीत तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ, रिन्जी तामाङ, नुरू जाङ्बु शेर्पा, तुलाबहादुर मगर, हर्कबहादुर मगर, प्रकाश राना मगर, रामकाजी तामाङ (३९), आङ फुर्बा शेर्पा (३४), सुशान्त कुलुङ (२५), डम्बर राई (५०), पान्देउ राई (४८), सेनाका प्युठ विनोद बस्नेत, बिकाश श्रेष्ठ (३०), अम्बिर नाछिरीङ (२५), प्रेमकुमार राई (४२), अमित भन्ने कर्ण नाछिरीङ (३२), ग्याल्जेन शेर्पा (४४), दागुम्भु शेर्पा (३३), सुबोधन राई (४५), निरकुमार राई (४७), तुलबहादुर थापामगर (३८), हर्कबहादुर थापामगर (४७), प्रकाश मगर (२५), नवीन घिमिरे (३२), गोकुल मगर, प्रेम मगर, कुमार मगर, तेन्जिङ नोर्बु शेर्पा (३२), दोर्जी शेर्पा, ओमनाथ राई र हिरामाया मगरको विवरण छ।

यस जिल्लाका धेरै व्यक्ति ट्रेकिङ तथा पर्यटन व्यवसायसँग सम्बन्धित छन्। केही जलविद्युत आयोजनामा कार्यरत छन् भने केही ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत काठमाडौँदेखि तिब्बतसम्मको यात्रामा रहेका थिए। डम्बर राई र पान्देउ राई तिब्बतबाट नेपाल फर्किने क्रममा टिमुरेबाट सम्पर्कविहीन भएको उल्लेख छ। सेनाका प्युठ विनोद बस्नेत मैलुङ हाइड्रोपावरको सुरक्षा पोस्टमा कार्यरत रहेको विवरण छ।दोर्जी शेर्पा, ओमनाथ राई र हिरामाया मगर सम्पर्कमा आएको उल्लेख छ। हिरामाया मगर रसुवाको टिमुरे स्वास्थ्य चौकीमा कार्यरत रहेको र सकुशल अवस्थामा उद्धारको पर्खाइमा रहेको विवरणमा उल्लेख छ।