श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ ११ गते बुधबार, २५ जनवरी २०२३, नलनाम संवत्सर । माघ शुक्ल पक्षको  चतुर्थी तिथि  १२ः५६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वभाद्र २०ः२३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि  कुम्भ, सूर्याेदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाटै धेरै नाफा कमाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्य पाइनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूको साथले काम सम्पादन हुनेछ। लाभांश बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ । अनावश्यक विवादले समस्या निम्त्याउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य काममा धन र श्रम खर्चनु पर्ला । गोपनीयता बाहिरिनाले काम रोकिन सक्छ।