बेलबारी । निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोके सँगै सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । जसमा मोरङ क्षेत्र नम्बर ३ मा चर्चित नायिका तथा राप्रपा नेत्री रेखा थापा संसदीय निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

 राप्रपा को केन्द्रीय समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङ बाट उम्मेदवार हुने चर्चा सुरु भयसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ । सोमबार ब्लाष्टसँगको टेलिफोन सम्पर्कमा चर्चित नायिका समेत रहेकी रेखा थापाले आफ्नो गृह जिल्लाबाट आफू उम्मेदवार बन्ने चाहाना रहेको बताइन् ।

मंगलबार मोरङको कानेपोखरी गाँउपालिका स्थित पार्टीको एक कार्यक्रममा सहभागी हुन आउने बताइन् ।