श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ३१ गते मङ्गलबार, १६ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको पञ्चमी तिथि २०ः३९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती २१ः२५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले भने साथ दिनेछन् । प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फलमाथि अरूले दाबी गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। केही धनमाल हराउन सक्ने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रनाले क्षति वा घाटा हुनसक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो दूरीको यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिले आनन्द प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ ।