भोजपुर । कोरोना संक्रमितको संख्या बढे पछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पुर्ण बिद्यालय बन्द गरिएको छ । शिक्षक , बिद्यार्थी र अभिभावकलाई कोरोना पोजेटिभ भए पछि ६ दिनका लागि गाउपालिका भित्रका सबै बिद्यालय बन्द गरिएको हो ।

गाउँपालिकाको निर्णय अनुसार मंगलबार श्रावण २४ देखि २९ गते सम्म सम्पूर्ण बिद्यालयहरु बन्द गरिएको गाउपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए । अन्नपुर्ण , कोट , गोगने लगाएत बिद्यालयका शिक्षक र बिद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । ढकालका अनुसार अधिकाशं विद्यार्थिहरुमा रुघा लाग्ने , ज्वरो आउने , टाउको दुख्ने लगाएत लक्षण देखिएकाले पठन पाठन बन्द गरिएको हो ।

बिद्यार्थीहरुको अवस्था हेरेर विदा थप गर्ने बिषयमा निर्णय गरिने प्रमुख ढकालको भनाई छ । यस्तै जिल्लामा कोरोना सक्रमितको सख्या ५८ जना पुुगेको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए  ।

गत श्रावण १७ गते देखि सोमबार सम्म १ हप्ताको अवधीमा ५८ जना सक्रमित भएका हुन् । सक्रमित हुनेमा टेम्केमैयुङ गाउँपालिकाका ५५ र रामप्रसाद राई गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।