धरान । ‘मोडल हन्ट नेपाल सातौं संस्करणको फाइलनका लागि ५२ प्रतियोगी छनोट भएका छन् ।

२७ महिला र २५ पुरुष गरी कुल ५२ प्रतियोगी छनोट भएका हुन् । यी प्रतिस्पर्धी फाइनल प्रतिस्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

छनोट चरणको निर्णायकमा मिस नेपाल नम्रता श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, आयोजकका अध्यक्ष रवि धमला, मोडल रुबिस्का श्रेष्ठ र गतवर्षका मोडल हन्ट प्रवीन चापागाईं रहेका थिए ।

विजेताले शीर्ष उपाधिसहित नगद ५ लाख रुपैयाँ बराबरको उपहार र थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता
‘सुपर मोडल इन्टरनेशनल’ मा सहभागी हुन पाउनेछन् ।