धरान । यस वर्षको मिस नेपाल वल्र्डको ताज काठमाडौंकी २४ वर्षीया प्रियङ्का रानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित फाइनल प्रतिस्पर्धामा आयोजक ‘द हिडन ट्रेजर’ ले जोशीलाई विजेता घोषणा गरेको हो । जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याइदिएकी थिइन् ।

यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।

मिस नेपाल २०२२ का लागि आकृति शाह, आश्रुति सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुङ्गाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गङ्गा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियङ्का रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, सृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ को प्रतिस्पर्धीको रूपमा छानिएका थिए ।