धरान उपमहानगरपालिकाको १, २, ३ र ४   काे ५ हजार ६०६ मत गन्दा प्रमुखमा गठबन्धनबाट काँग्रेसका उमेदवार किशोर राईले २०५७ मत पाएका छन् भने  स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १४४९ मत पाएका दाेस्राे स्थानमा रहेका छन् । 

एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ११०५ मत पाएर तेस्राे स्थानमा रहेकी छिन् । 

त्यस्तै उपमेयरमा  गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले २२१९ मत पाएका छन् ।  एमालेबात उपमेयर उम्मेद्वार पदम इस्वोले १३५४ मत पाएका छन् । उनले वडा १ बाट ३२०, वडा २ मा ३७५ र वडा ३ मा ४९७ मत पाएका छन् । वडा ४ को २ सय मतगणना हुदा उनले ९८ मत पाएका छन् । 

१, २ र ३ काे सम्पूर्ण मत गनिसकाे छ भने ४ काे २ सय  र मत गणना भएकाे छ । 

यसअघि गल्ती तथ्याङ्क गएकाले सच्याइएको छ ।