धरान । नविन सुब्वाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘गाउँ आएको बाटो’को छायाँकन अन्तिम चरणमा पुगेको छ ।

अभिनेता दयाहाङ राई र अभिनेतृ पशुपति राईको मुख्य भुमिका रहेको फिल्मको ९५ प्रतिशत भन्दा बढि छायाँकन सकिएको निर्देशक सुब्बाले जानकारी दिए । अधिकांश छायाँकन भोजपुरमा भएको फिल्मको केही दृश्यका लागि धरानमा तीन दिन छायाँकन भएको छ । धरानका भानुचोक, मुनालचोक, राँगा चोक, सब्जिमन्डि लगायत मुख्य मुख्य स्थानमा छायाँकन भएको निर्देशक सुब्बाले जानकारी दिए ।

आइतवार देखि धरानमा छायाङ्कन गरेको टिमले धरानमा वुधवारसम्म छायाङ्कन गरि विहिवार विहान भोजपुर वालङ्खा फर्किएको छ । सुटिङका क्रममा धरान आईपुगेको फिल्म टोलिलाई मङ्गलबार साँझ धरान–१० स्थित पुतलीलाइनमा रहेको ‘कफि पव एण्ड रेष्टो’ले स्वागत सम्मान गरेको छ ।

आमोद राईको निर्माणमा बन्न लागेको फिल्ममा दयाहाङ, पशुपतिसँगै प्रमिसा राई, केशव राई, राज थापा, प्रेम सुव्वा, बालकलाकार प्रशन राई र खानुवुङ राईको भुमिका रहेको छ । 

फिल्ममा गाउँमा बाटो आएपछिको परिवर्तन, उपलब्धी, खुशी देख्न सकिने निर्देशक सुव्वाले बताए । उनले भने, चलचित्रमा गाउँमा विकास भए पछि बाउ र छोराको सम्वन्ध, मानविय संवेदनशिलतामा देखाउन खोजिएको उनले बताए । प्रदर्शन मिति भने टुङ्गो लागि सकेको छैन । चलचित्रलाई अन्तराष्ट्रियकरण गर्ने उद्धेश्यले अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा वल्र्ड प्रिमियर गर्ने योजना रहेको सुव्वाले जनाए ।  

IMG_20220310_073720_500