धरान । धरान–१६ स्थित जेनिथ सेकेन्डरी बोडिङ स्कुलले मिस्टर र मिस जेनिथ कार्यक्रम सम्पन्न गरेको छ ।

सिनियरतर्फ स्वाभिमान जवेगू र मोनिकौ तामाङ र जुनियरतर्फ रिज्वाइ लिम्बू र अकिता राईले ताज जितेका छन् । 

IMG_20220302_165317

विद्यालयका प्रिन्सिपल सुमन जवेगूका अनुसार विद्यार्थीको चौतर्फी विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा अफिसियल कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले प्रशिक्षण गराएकी थिइन् । प्रतियोगितामा ४० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।