गैरादहमा ट्रकले मटरसाइकललाई ठक्कर दिएका एक महिलाकाे मृत्यु भएकाे छ । 

गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह–पाडाजुङी सडक खण्डमा दक्षिणबाट उत्तर दिशातर्फ आउँदै गरेकाे मे १ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा बिपरीत  दिशामा रहेकाे   प्रदेश १–०१–०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा ठक्कर दिएकाे थियाे । 

ट्रककाे ठक्करबाट माटरसाइकलकाे पछाडी सवार शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल  घटना स्थलमै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गौरादहले जनाएकाे छ । कार्यालयका अनुसार दुर्घटना पछि ट्रक र चालक  गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारीलाई नियन्त्रणमा लिइ थप घटनाकाे थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।