यासोक । दक्षिण कोरियामा कार्यरत शेर्माहरुको संस्था ‘किराँत याक्थुङ पापोहाङ सेर्मा संङजुम्भो’को अध्यक्षमा नरेन्द्र सेर्मा चयन भएका छन् । ‘किराँत याक्थुङ पापोहाङ सेर्मा संङजुम्भो’को प्रथम अधिवेशनबाट पुनःशेर्मालाई चयन गरिएको हो । स्वदेशमा रहेका नागरिकलाई कठिन परिस्थितिमा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘किराँत याक्थुङ पापोहाङ सेर्मा संङजुम्भो’को स्थापना गरिएको हो ।
रोजगारीको सिलसिलामा हाल कोरियामा रहेका सेर्मा वंशका दाजुभाइहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले संस्था सन् २०२० मा स्थापना गरिएको संस्थापक समाजसेवी गजेन्द्र शेर्माले बताए । ‘किराँत याक्थुङ पापोहाङ सेर्मा संङजुम्भो’को कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सागर, कानुनहाङ, इन्द्र र भुपेन सेर्मा रहेका छन् । सचिव किमीलसंङ सेर्मा, सहसचिव हुकुम र चन्द्र कुमार सेर्मा, कोषाध्यक्ष सिकुम, सहकोषाध्यक्ष बिष्ण सेर्मा गरी २७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो ।
“याक्थुङ पापोहाङ, सेर्मा एकता हाम्रो प्रतिबद्धता” को नारा सहित कोरियामा स्थापना भएको संस्थाको पहिलो अधिवेशनबाट दुई वर्ष कार्य अवधिको आर्थिक प्रतिवेदन पेस गर्दै आगामी वर्षको कार्य योजना सर्व सहमतले पारित गरेको संस्थापक संरक्षक सेर्मा जनाए ।
संस्थाले आय १२ लाख ५८ हजार पाँच सय ३८ रुपैयाँ सार्वजनिक गरेको छ । त्यस्तै प्राकृतिक प्रकोप तथा दीर्घरोगीहरुलाई ८ लाख ५१ हजार तीन सय ३८ रुपैयाँ सहयोग गरेको र संस्थागत खर्च ३२ हजार, बचत ३ लाख ७५ हजार २० रुपैयाँ सहितको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कानुनहाङ शेर्माले प्रस्तुत गरेका थिए ।