यासोक । पाँचथरको तुम्बेवा गाउँपालिका केन्द्रस्थित मौवा बजार सिसि क्यामेराको निगरानीमा राखिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको ५ लाख रकमबाट बजारको सात स्थानमा सिसि क्यामेरा जडान गरिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले जनाए ।
बजारमा सामाजिक विकृति र विसङ्गति बढेको भन्दै यसको रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले बजारलाई सिसि क्यामेराको निगरानीमा राखेको थापाको भनाई छ ।
जडान गरिएको क्यामेराको मनिटरिङ तत्कालको लागि गाउँपालिकाको कार्यालयले गर्ने बताइएको छ । इलाका प्रहरी कार्यालयको भवन जीर्ण भएकाले तत्कालको लागि गाउँपालिकाले गर्ने र पछि इलाका प्रहरी कार्यालयबाटै मनिटरिङ गर्ने प्रहरी नायव निरीक्षक मुकेश कुमार सिंहले बताए ।
क्यामेरा जडानपछि बजारमा चोरी लुटपाट र झै—झगडाको घट्नालाई निरुत्साहित गर्दै शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ ।