झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा  बिर्तामोड ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड ५ का १८ बर्षीय अर्वाज खान रहेकाे इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ । 

कार्यालयका अनुसार हिजो साँझ ६ बजे प्रहरी  चौकी बिर्ताबजारबाट खटिएको प्रहरी  टोलीले  नगरपालिका ४ ओमशान्ति टोलबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित  उनिहरूलाई पक्राउ गरेकाे हाे । 

पक्राउ परेका उनिहरूमा थप अनुसन्धान भइरहेकाे छ ।