धरानका एक काेराेना संक्रमित बृद्धकाे मृत्यु भएकाे छ । 

पुष २८ गते काेराेना संक्रमण पुष्टि भएका धरानको वडा नं १८ का ७६ बर्षीय बृद्धकाे उपचारकाे काे क्रममा धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड अस्पतालमा मृत्यु भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जनाएका छन्  । उनका अनुसार संक्रमण पुष्टि भइ साेहि दिन  कोभिड अस्पतालमा भर्ना गरिएको बृद्ध मृतक कलेजो, मृगौलालगायतका जटिल दीर्घरोगबाट पनि पीडित थिए  ।

 मृतकको शव नियम अनुसार व्यवस्थापन गरिने पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिएका छन् ।