धरान । सिल्भर इन्टरटेन्मेन्टले धरानमा आयोजना गरेको ‘मनोरञ्जन धमाका’ मा एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले सांगीतिक प्रस्तुति दिएका छन् ।

धरानको स्टेजमा पहिलो पटक गाएका एकदेव, रचना र अस्मिताले शनिबार राती पब्लिक हाईस्कुल मैदानमा हजारौं दर्शक माझ आफ्ना गीतहरु प्रस्तुत गरे । संगीत बुझेका धराने दर्शकको भरपुर माया पाउँदा उनीहरु दंग थिए । राती सवा दश बजेसम्म उनीहरुका गीतमा दर्शक स्रोताहरु खुलेर नाचेका थिए ।

अधिकांश युवापुस्ताका दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यधिक भीड भएर कयौं दर्शक फर्किन बाध्य भएका थिए । आयोजकले साँझ साढे ५ बजे कार्यक्रम समय तोकेपनि दर्शकहरु ढिलो गरी साढे सात बजे देखि मात्र आएपछि एक्कासी भीड बढेको थियो । सुरक्षाकर्मीलाई दर्शकको भीड सम्हाल्न मुस्किल परेपछि गेट खुला गरिएको थियो । 

कार्यक्रममा गायिका रचना रिमालले गाउन सुरु गरेपछि दर्शकको भीड बढेको थियो । दुवै तर्फका गेटमा लामो लाईनमा दर्शकहरु बसेका थिए । तर अध्यधिक भीड भएपछि सम्भावित दुर्घटनाको जोखिमका कारण गेट खुला गरिएको आयोजकले जनाएको छ ।

IMG_5670

नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी तथा चटपटेवालीको रुपमा भाईरल गायिका  रचना रिमालले फोटो फिरिममा, सम्झिने पानी छम्किने ,उनको  प्रित लगायतका आधा दर्जन गीत  गाएकी थिइन  । 

यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्ना लोकप्रिय गीतहरु टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, साली मन प¥यो, लज्जावती झारझैं गाएर धराने  दर्शकलाई मन्त्रमुग्ध बनाईन ।  

IMG_5758

त्यस्तै युवापुस्ता माझ चर्चित एकदेव लिम्बुले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल, सेवारो, जस्ता आफ्ना सिग्नेचर गीतहरु गाएर दर्शक नचाए ।  धेरै सहरमा आफ्नो प्रस्तुति दिईसकेका एकदेवले धरानमा कार्यक्रम  गर्ने सपना पुरा भएको र त्यसमाथि दर्शकको भव्य उपस्थितिमा गाउन पाउँदा खुसी लागेको बताए ।

IMG_5939

 नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाईन टिभी , बराह ग्रुप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट, लोक जगत मोटर्स, केन्द्र मोशन पिक्चर्स, जेके सुपर मार्केट र बीएसके इन्टरटेनमेन्टको बिशेष सहयोग रहेको थियो।