पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा बुधबार राती भएको आगलागिमा एक करोड ९० लाख रुपैंयाँ बराबरको क्षति भएको छ ।

आगलागिमा परी फालेलुङ–६, का जीत बहादुर मेयोङ्बाको काठले बनेको घर जलेर नष्ट भएको छ । सोहि घरमा सञ्चालित दुध डेरी पनि जलेर नष्ट भएको छ ।

त्यस्तै सोहि घरमा रहेको नेपाली काँग्रेस फालेलुङ–६, को वडा कार्यालय पनि जलेर नष्ट भएको छ । त्यस्तै सोहि स्थानका रामजीत राई र मन बहादुर राईको घर पनि जलेको छ । त्यहाँ सञ्चालित किराना पसल, टेलर्स, आइएमइ र फेन्सी पसल लगायत जलेको प्रहरीले जनाएको छ ।

बिद्युत सर्ट भई आगो लागेको अनुमान गरिएको पाँचथर प्रहरीले जनाएको छ । आगो फिदिमदेखि गएको दुई वटा दकमल, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बिहान एक बजे नियन्त्रणमा लिएका थिए ।