लक्ष्मीमार्ग ।  मोरङको विराटचोक स्थीत 'ज्ञानु राणा पलेँटी साँझ २०७८' हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार कार्यक्रम हुने भएको हो ।

 नेपाली गीत सङ्गीतको क्षेत्रमा ख्यातिप्राप्त सर्जकहरूलाई जीवित रहँदा नै सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ नझरेका फूलहरूले आयोजना गरेकोे नझरेका फूलहरूको यो २७ औँ संस्करण हो । कार्यक्रम बेलुकी ७ बजेबाट सुरु हुने नझरेका फूलहरु पलेँटी साँझका प्रस्तोता केपी घिमिरेले जानकारी दिए । 

स्वर, सङ्गीत,गायन सँगसँगै भाषा,कला र साहित्यमार्फत राष्ट्रमा अतुलनीय ओगदान पुर्याउनु हुने स्रष्टालाई सम्मान गर्ने कार्यक्रम नझरेका फूलहरूले सर्जकलाई नीधि,गरिमा र पहिचानका रूपमा निरन्तर सम्मान गर्दै आएको समेत प्रस्तोता केपी घिमिरेले बताए ।

यस पटक नझरेका फूलहरूमा वरिष्ठ गायिका तथा सङ्गीतकार ज्ञानु राणालाई सम्मान गरिने र उहाँकै कालजयी सिर्जना उहाँकै आवाजमा वाद्यवादनसहित प्रस्तुत गरिने घिमिरेले बताए ।

स्वरसम्राट नारायणगोपाल सँग ज्ञानु राणाको युगल आवाजले सजिएका 'मान्छेको माया यहाँ' र 'सिरिमा सिरि नि कान्छा बतासै चल्यो' सर्वाधिक लोकप्रिय गीतहरू हुन् । त्यस्तै राणाले गोपाल योन्जनसँग युगल गाएको 'च्याङबा है च्याङबा सुन सुन है च्याङबा’ गीत पनि उत्तिकै चर्चित छ ।

राणाको स्वरमा सजिएका ‘कसैले बुझेन मेरो मनको बहलाई,  चौतारीमा मै बसेँ होला कि, भिज्यो तिम्रो रातो पछ्यौरी, धानको बाला, राम साइँलाुलगायत सयौं कालजयी गीतहरु आज पनि नेपाली जनजिब्रोमा सदैव ताजा छन् । गायिका  राणाले नेपाली लोकगीत,आधुनिक गीत,चलचित्रका गीत, स्वदेशगान तथा हिन्दी गीतहरू गरि करिब २ हजार भन्दा बढी गीतहरुमा आवाज दिएकी छिन् ।उनले ४ सय भन्दा  धेरै नेपाली भजन तथा आध्यात्मिक गीत र एक दर्जन बढी बालगीतहरु समेत गाएकी छिन्।

यस पटको पलेँटी साँझमा राणालाई युगल गीत गायनमा गायक तथा सङ्गीतकार दुर्गा पराजुलीले साथ दिनेछन् भने गायिका पम्फा चाहारले पनि केही गीतहरू पस्किने छिन् ।