पथरी । मोरङको पथरीशनिश्चरे –१ मा स्थापित सुनाखरी माविले आफ्नो २९ औँ वार्षिक उत्सवमा विज्ञान प्रदर्शनी र विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
बुधबार आयोजित उत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रदर्शनी तथा खेलकुदको साथै विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरेका थिए । उत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रत्न साउदेन, कुमार चाम्लिङ, शिक्षक तेजबहादुर थापा, ऋद्धिबहादुर काफ्ले, सृजना राई, विद्यालयका सहयोगी सलबहादुर तामाङ, कार्यालय सहयोगी युवराज ढकाललाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षक विवेक सुवेदीलाई भने सम्मानको साथमा बिदाइ गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला लगायतले शुभकामना मन्तव्य राखिएको कार्यक्रममा पञ्चायत माविका प्रअ अर्जुन कुमार बुढाथोकी, पूर्व शिक्षकसमेत रहेका माओवादी केन्द्रका दिननाथ तिम्सिना, नेपाली काँग्रेसका रूपनारायण भट्टराई, नेकपा ९एस०का नगर अध्यक्ष तुलसी ढकाल, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, लोकगायक विरध्वज शीवा लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राईको सभापतित्वमा भएको कार्यक्रमको औचित्य माथि विद्यालयका प्रधानाध्यापक नरेन्द्र घिसिङले बोलेका थिए । कार्यक्रम शिक्षक/शिक्षिका बलाराम तिम्सिना र सृजना राईले सञ्चालन गरेका थिए ।