पथरी । मोरङको कानेपोखरी–७, स्थित कानेपोखरी जङ्गल क्षेत्रमा अचेत अवस्थामा भेटिएकी एक १९ किशोरीको उपचारको क्रममा मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका– १ स्थितका काडिल्लिराम आचार्यको घरमा बस्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते (मङ्गलबार) अपरान्ह् ४ बजे विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । उर्लाबारीको राधिकामा माविमा बालि विज्ञान (प्लान्ट साईन) को कक्षा १२ भखरै पास गरेकी छात्रा हुन् ।

१ बजे मुख्य सडक दक्षिणमा जङ्गलमा फेला परेकी थिइन । पूर्वपश्चिम राजमार्गदेखि ४० मिटर दक्षिण डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा घास दाउरा ल्याउने जाने महिलाहरुले पुस १२ गते दिउँसो १ बजे अचेत अवस्थामा भेटेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

जङ्गलमा एक्लै पानी पानी भन्दै चिच्याइ रहेकी कमला आचार्यलाई उनिहरुले भेटेपछि प्रहरी बोलाएर उद्दारको प्रयास भएका थिए । कानेपोखरी अस्थाई प्रहरीका प्रहरीले कमलालाई तत्काल पथरीको अस्पताल भर्ना गरेको थियो । पथरीको अस्पतालमा आफन्तले लुगा फेर्दिन खोज्दा गुप्ताङ्गमा ब्लड देखिएको थियो ।

जङ्गलमै पानी पानी भन्दै हिरिक, हिरिक गर्दै गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दिने बिष सेवन गरेको बताएकी थिइन् । किन बिष सेवन गरेकी हुन सोध्ने क्रममै बेहोस भएपछि आचार्यलाई थप उपचारका लागि विराट नर्सिङ होम, बिराटनगर लगिएको थियो ।

आचार्य काकाको घरबाट तीनदिन अघि (१० गते) साथीकोमा जाने भनेर हिडेकी थिइन् । उनि सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखामा ६ महिनाको लागि ओजेटी गर्दै गरेकी राधिका माविका बालि बिज्ञानका शिक्षक नविन सुवेदीले बताए ।

कमलाले भखरै कक्षा १२ पास गरेकी र उनी सुन्दरहरैंचा नगरपालिका कृषि शाखामा ६ महिनाको ओजेटीमा सक्न १ महिना बाँकी रहेको शिक्षक सुवेदीले बताए । तीन दिने कृषिको सुन्दरहरैंचाको तालिममा गत शुक्रबार र शनिबार तालिम लिएर बेलुका हिडेकी कमला आइतबार तालिममा उपस्थित नभएको शिक्षक सुवेदीले बताए । शनिबार तालिम सकेपछि कृषि शाखाको प्रमुख फडिन्द्र भण्डारीले विराटचोकको बुधबारेसम्म कमलालाई पुर्याई दिएका थिए ।

कमला आचार्यको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हो । उनी कृषि विषय बालि विज्ञान अध्ययन गर्न सुन्दरहरैंचा आफ्नो काकाकोमा बस्दै आएकी थिइन् । कानेपोखरी जङ्गलमा एक्लै युवति किन, आएकी थिइन्? यी लगायतको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोस्टमार्टम् दाह संस्कार भएको उनका काकी अनिता आचार्यले जनाएको छ ।