धरान/धरानका पत्रकार गोविन्द बस्नेतलाई पितृशोक परेको छ ।
७६ वर्षीय पिता खड्गबहादुर बस्नेतको उपचारको क्रममा बुधबार बिहान निधन भएको छ । ४३ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बिहान निधन भएको परिवारजनले जनाएको छ । खड्गबहादुरलाई २७ दिन आइसियुमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएपछि चार दिनअघि मात्रै वार्डमा सारिएको थियो ।
परिवारका अनुसार बुधबार दिउँसो धरान–१४ स्थित खत्रिधारा शवदाह स्थलमा अन्त्येष्टि गरिएको छ । धरान साप्ताहिकका कार्यकारी सम्पादक रहेका बस्नेत विभिन्न मिडियामा आवद्ध रहेका छन् । पत्रकार बस्नेत नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व कोषाध्यक्षसमेत हुन् ।